भृकुटीमण्डपमा जुत्ता मेला

published date: January 17, 2020


माघ ३, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनीमा उपभोक्ताको निकै भिड लागिरहेको छ । प्रदर्शनीमा नेपालका चर्चित ब्राण्डहरु जुत्ताचप्पल भारी छुटमा पाइने भएपछि ग्राहकको भीड लागेको हो ।

नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भएको प्रदर्शनीमा राखिएको जुत्ताचप्पलमा ६ महिनाको वारेन्टी र २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको नेपाल छाला जुत्ता उत्पादक संघका अध्यक्ष बासु रोक्काले बताए ।

प्रदर्शनीमा १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । प्रदर्शनीमा शुभ बिबाह, पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कार्यालयका युनिफर्म जुत्ता, अपाङ्गगता भएकाहरुका लागि कृतिम हात खुट्टा र सबै प्रकारका जुत्ताचप्पल छन् ।

पुष २८ गतेदेखि सुरु भएको प्रदर्शनी माघ ४ गतेसम्म चल्नेछ । प्रदर्शनीको प्रायोजकमा सगुन शुज र ग्लोबल शुज रहेका छन् । त्यसै गरी सह प्रायोजकमा सिटीजन फुटवेयर, युनीभर्सल फुटवेयर र कम्र्फट शुज रहेको छ ।


Related News