कांग्रेसले दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने ।

published date: March 5, 2020


काठमाण्डौ- फागुन २२ गते । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दश हजार प्रशिक्षण प्रशिक्षक तयार गर्ने भएको छ ।

पार्टी मुख्यालय सानेपामा बुधबार बसेको बैठकमा प्रतिष्ठानका प्रमुख तथा पार्टी उपभापति विमलेन्द्र निधिको सभापतित्वमा ७७ वटै जिल्लाका ६ हजार ७ सय ४३ वडाका लागि प्रशिक्षक तयार गर्नको लागि ७७ वटै जिल्ला र १३० प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशिक्षण शाखा गठन गर्न जिल्ला प्रशिक्षण शाखाका प्रमुखहरुलाई निर्देशन दिएका हुन ।

पार्टीको उक्त बैठकप्रति संस्थापनइतर समूहले असन्तुष्टि जनाउदै कार्यक्रम बहिस्कार गरेक छन् ।


Related News