कोरोनाबाट बच्न नेकपाको भेला स्थगित ।

published date: March 5, 2020


काठमाण्डौ-फागुन २२ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको सङ्क्रमणका कारण पार्टीको विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ।

बिहिबार पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले विज्ञप्ति जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गर्ने र पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पुर्‍याउने जनाएको हुन ।


Related News