कोरोनाको संक्रमणका कारण २ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु ।

published date: March 11, 2020


काठमाण्डौ-फागुन २८ गते । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण २ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ ।

मार्च ६ मा उत्तर कोरियाली सैनिकको मेडिकल युनिटले १ सय ८० सैनिकले जनवरीमा कोरोना संक्रमणबाट ज्यान गुमाएको ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको उल्लेख गरी सैनिक नेतृत्वलाई रिपोट पठाएको हो ।

उक्त रिपोर्टले उत्तर कोरियाली सैनिक प्रतिष्ठानमा खलबली मच्चिएको र उत्तर कोरिया सैनिक नेतृत्वले कोरोना संक्रमणको तथ्यलाई लुकाउन विभिन्न उपायसमेत गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ‘डेली एनके’ दाबी गरेको छ।


Related News