युएईमा दुई नेपालीलाई कोरोना भएको पुष्टि ।

published date: March 10, 2020


काठमाण्डौ-फागुन २७ गते । संयुक्त अरब इमिरेट्स (युएई) मा दुई नेपालीमा कोरोना पुष्टि भएको छ ।

सोमबार नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको र संक्रमित व्यक्तिले आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगरिदिन आग्रह गरेको जानकारी गराएको छन ।

सोमबार मात्र  युएईमा कोरोना पुष्टि हुने अन्यमा युएईकै चार, इटालीका तीन, बंगलादेशका दुई तथा रसिया, भारत र सिरियाका एक–एक नागरिक छन् ।

आइतबार अस्ट्रेलियामा पनि एक नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो ।


Related News