कांग्रेसका महामन्त्री डा.कोइरालासहितका नेताहरू भारत प्रस्थान ।

published date: March 6, 2020


काठमाण्डौ-फागुन २३ गते । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरू भारत प्रस्थान गरेका छन् ।

बिहीबार महामन्त्री डा.कोइरालासँगै केन्द्रीय सदस्यहरू डा.मीनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का पनि भारत गएका छन् ।

डा.कोइरालाले बनारसस्थित नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


Related News