राप्रपाका नेता सुनिलबहादुर थापासहित दर्जन केन्द्रीय सदस्यहरूले एकीकरणमा बहिस्कार ।

published date: March 12, 2020


काठमाण्डौ-फागुन २९ गते । राष्ट्रिय प्रजातन्त्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच पार्टी एकताको घोषणा भएको छ ।

काठमाडौंमा बुधबार विशेष कार्यक्रम गरेर कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) पार्टी एकीकरण भएको हो ।

पार्टी एकता घोषणा कार्यक्रममा राप्रपाका नेताहरुले गीतामा हात राखी अबदेखि पार्टी नफुटाउने र फुट्न नदिने कसम खाई दुई पार्टी एकता विदेशी वा स्वदेशी शक्तिको प्रभाव र दबाबमा नभएको समेत जनाएको छन ।

पार्टी एकीकरणमा राजसंस्था ब्युताउने नेताहरूवीच सहमति भएपछि नेता सुनिलबहादुर थापा नेतृत्वको एक दर्जन केन्द्रीय सदस्यहरूले भने असन्तुष्टि जनाउँदै पार्टी एकीकरणमा बहिस्कार गरेको छन ।


Related News