सभामुख चुनाव आज हुदै, सापकोटा सभामुख बन्ने पक्का

published date: January 26, 2020


माघ-१२, काठमाडौ । आज नयाँ सभामुख चयन गर्नका लागि ३ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । सभामुखमा नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।

सापकोटा विरुद्ध सर्बोच्च अदालतमा सभामुख बनाउन हुन्न भन्ने बिषयमा रिट दर्ता भइ आज सुनुवाइ तोकिएकोमा उक्त सुनुवाइ आजको लागि स्थगित भएको समेत अदालतले जानाएको छ ।

आज बैठक बसि निर्वाचन भएमा सापकोटा एक्लैको उम्मेद्बारी परेकोले उनी नयाँ सभामुख हुने पक्का भएको छ ।


Related News