विप्लव समुहद्वारा काठमाडौमा बम बिस्फोट

published date: January 15, 2020


काठमाडौ- बुधबार साँझ काठमाडौ, नागार्जुन-१ नर्सरी चोकमा रहेको शोभाकान्त ढकालको घरमा विप्लव समूहले बम बिस्फोट गराएको छ ।

ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका थिए ।

विष्फोटबाट कुनै मानिवीय क्षति भने भएको छैन, घरको झ्यालका सिसा फुटेका र पार्किङगरी राखिएको कारमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएका छ । पर्चामा ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी (राष्ट्रिय) जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ ।


Related News