प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा घोषणा

published date: January 12, 2020


पौष-२७, प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा घोषित भएको छ । आइतबार बिहान बसेको प्रदेश सभाको बैठकले प्रदेश ३ को नाम र राजधानी घोषणा गरेको हो । 

प्रदेश सभाको बैठकमा उपस्थित १०८ सांसद मध्य ३ जनाले प्रदेश राजधानी काभ्रेमा राख्ने र बाकीले हेटौंडा राख्ने पक्षमा मतदान गरेका थिए, र नाम बागमती राख्ने पक्षमा सबै सदस्यले मतदान गरेका थिए । 

मतदानसकिएसँगै प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा घोषणा गरेका छन् । 


Related News