प्रधानमन्त्री ओलीले बाँसुरी बजाउदा, उपस्थित सबै चकित

published date: February 5, 2020


माघ-२२, काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा उक्त साँझ भएको हो । 

नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी भएको सांगीतिक साँझमा प्रधानमन्त्री केपि शर्मा ओलीले बाँसुरी बजाएका थिए । प्रधानमन्त्री ओलीलाई साथ दिदै नेकपा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए ।

सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरी र नेताद्वयको सारंंगीको धुनमा उपस्थित सबै चकित भएका  थिए ।


Related News