नेपालको अन्तर्राष्ट्रिय क्रीकेट खेलमा आज सम्मकै उत्कृष्ट प्रदर्शन

published date: February 12, 2020


माघ-२९, काठमाडौ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टू अन्तर्गत नेपालमा भैरहेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । आज नेपाल र अमेरिका बीच भैरहेको खेलमा नेपालले आफ्नो प्रदर्शन देखाएको हो ।

नेपालले टस जित्दा पहिले ब्याटिङमा परेको अमेरिकाले जम्मा १२ ओभर मात्र खेल्न पाएको छ । जम्मा १२ ओभरमा अल आउट हुदा जम्मा ३५ रन मात्र दिन सफल नेपालले आज सम्मकै उत्कृष्ट प्रदर्शन गरेको हो ।

सन्दीप लामिछाने एक्लैले ६ विकेट लिएका थिए । अबको केही बेरमा नेपालले जम्मा ३६ रनको तार्गेट चुम्नको लागि अझै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउने छ ।


Related News