जथाभाबि बाटो काट्नेलाई २० मिनेट सचेतना कक्षा

published date: January 13, 2020


काठमाडौँ । जथाभावी बाटो काट्नेलाई ट्राफिक प्रहरीले सचेतना कक्षा लिेेएको छ । पैदलयात्रीले बाटोमा हिँड्दा र बाटो काट्दा तोकिएको जेब्राक्रसबाट बाटो नकाटी ट्राफिक नियम पालना नगरे त्यस्ता बटुवाले २० मिनेटको कक्षा लिनुपर्ने व्यवस्था आजदेखि शुरू भएको छ ।

ट्राफिक नियम पालना नगरी जेब्राक्रस र आकाशे पुल प्रयोग नगर्ने पैदलयात्रीलाई ट्राफिक नियमबारे सचेतना कक्षा हाललाई भोटाहिटी र वीर अस्पताल अगाडीमा सञ्चालन गरिएको छ । महाशाखाका प्रवक्ता जीवन कुमार श्रेष्ठले भने, ‘बाटो काट्दा नियम पालना नगर्नेलाई तत्काल सोही स्थानमै २० मिनेटको कक्षा दिनेछौं । आजमात्रै करिव १,००० पैदलयात्रीलाई सचेतना कक्षा दिइएको छ ।’

ट्राफिक प्रहरीले उपत्यकामा दुर्घटनामा पैदलयात्रीको धेरै ज्यान जान थालेपछि नै ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पैदलयात्री सुरक्षा अभियान सञ्चालन गरेको हो । 

उपत्यकाको ट्राफिक व्यवस्थापन तथा पैदलयात्रीले जथाभावी बाटो काट्दा हुने सवारी जाम हटाउनको लागि पनि यो अभियान प्रभावकारी देखिने प्रवक्ता श्रेष्ठले भने ।


Related News