गायक बिरेन्द्र जोहारीको मुई-डोलि भाग-२ सार्बजनिक, भिडियो सहित

published date: January 26, 2020


माघ-१२, काठमाडौँ । लोकप्रिय गायक वीरेन्द्र जोहारीले भरखरै ‘मुई डोली’ भाग-२ को भिडियो सार्वजनिक गरेका छन् ।

कमल बमको शब्द/सङ्गीत तथा कृष्ण पुनको म्युजिक एरेञ्ज रहेको गितमा वीरेन्द्रलाई सुदूरपश्चिमकी लोकप्रिय गायिका पुष्पा बोहराले साथ दिएकी छिन् । ‘मुई डोली’ को पहिलो भागमा पनि पुष्पा र वीरेन्द्रकै स्वर रहेको थियो ।

शिव बि. क. को निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ को छयाङ्कन तथा सम्पादन रहेको यस भिडियोमा सम्पदा बानिया र वीरेन्द्र जोहारी स्वयंको अभिनय रहेको छ । पहिलो भागको भिडियोमा पनि वीरेन्द्र र सम्पदाकै अभिनय थियो ।

गित प्रेमी प्रेमिकाको पर्खाई र यादको कथामा आधारित मर्मस्पर्सी रहेको गायक जोहरीले जनाए ।


Related News