गायक अमृत भारतीले पाए जुरि अवार्ड

published date: January 21, 2020


एपिक म्युजिक अवार्डको दोस्रो संस्करणमा गायक अमृत भारतीले जुरी अवार्ड हात पार्न सफल भएका छन् । मेरो प्यारो सिन्धुपाल्चोक बोलको गीतबाट गायक भारतीले अवार्ड हात पारेका हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ मा जन्मिएका अमृत भारती सानैदेखी गित संगीतमा रुचि राख्थे । उनी साङ्गितिक छेत्रमा लागेर पहिलो गीत “कन्या राशी” बजारमा ल्यायका थिए । कन्या राशी गितको राम्रो चर्चाले गर्दा गायक भारतिले क्रमशः मन परेको केटि, हलो हुदैन, पशुपति नाथ, नाचिदेउ मायाले छम्म छम्म छम्म जस्ता चर्चित गीतहरु बजारमा ल्याइसकेका छन ।

गायक भारतीले गत बर्ष नेशनल पावर न्युज ले आयोजना गरेको अवार्डमा पनि सर्वोत्कृस्ट गायक बाट अवार्ड जितेका थिए । मेरो प्यारो सिन्धुपाल्चोक गित बाट मात्र २ वटा अवार्ड जितिसकेका छन ।

गायक भारती लाखौं दर्शक श्रोताको मन जितेर साङ्गितिक छेत्रमा उदाउदै गरेका एक सफल ब्याक्ती हुन । उनलाई अझै सफलताको समेत शुभकामना ।


Related News