अमेरिकालाई जित्यो नेपालले

published date: February 8, 2020


माघ-२५, काठमाडौ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्यलाई अमेरिकाले पछ्याउँदै ४४.१ ओभरमा १ सय ५५  रन  बनाउँदै अलआउट भएर पराजित भएको हो ।

नेपालका लागि करण केसी ४ विकेट लिए । यस्तै सुसन भारीले ३ विकेट, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।


Related News